शनिवार दोङ्गदेमुनमा आनन्द कार्की एकल साँझ हुदै

830

कोरियाको राजधानी सउल स्थित दोङ्गदेमुनमा रहेको शुभेच्छा रेष्टुरेण्टमा यहि आउदो शनिवार आनन्द कार्की एकल साँझ हुने भएको छ । कोरिया भ्रमणमा रहेका आनन्द कार्कीलाई कोरियामा रहेका नेपालीहरुले कार्यक्रम राख्न अनुरोध गरेपछि आनन्द कार्की एकल साँझ कार्यक्रमको आयोजना गरिएको हो ।

यहि आउदो फेब्रअरी ८ तारिक शनिवार साँझ ८ बजेबाट शुरु हुने कार्यक्रममा गायक कार्कीका सुमुधर गीतहरु रहनेछन् । गायक कार्कीका बनमा फुल्यो फूल, जनम जनम, विहानी पहिलो किरण, लाग्छ मन हेरिरहू, यी हल्लाहरु हुन लगायत धेरै गीतहरु चर्चित छन् । कार्यक्रममा दर्शकले आफ्नो रोजाईको गीतहरु पनि अनुरोध गर्न सकिने ब्यवस्था गरिएको छ ।

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज, सोलु समाज दक्षिण कोरिया, राप्ती समाज दक्षिण कोरिया, नुवाकोट समाज दक्षिण कोरिया र Women’s Health and children को संयुक्त आयोजनामा कार्यक्रमको आयोजना गरिएको हो ।

प्रतिक्रियाहरू