जुन १४ मा कोरियामा ‘आठौँ तिलिचो कप’ प्रतियोगिता हुने

929

सौल।मनाङ परिवार दक्षिण कोरियाले ‘आठौं तिलिचो कप’ प्रतियोगिता जुन दोस्रो साता १४ तारिख गर्ने भएको छ ।
प्रतियोगिता सोयोसान फुटबल खेल मैदानमा हुने मनाङ परिवार दक्षिण कोरियाका अध्यक्ष विनराज गुरुङले जानकारी दिए । उनले खेल क्षेत्रका खेलप्रेमी र खेलाडीहरुलाई लक्षित गर्दै बिगत का दिनहरू झै फुटबल खेल प्रतियोगिताको आयोजना गर्ने निर्णय भएको बताए ।
आयोजकले प्रतियोगिताको विस्तृत जानकारीहरू भने केही दिनपछि सार्वजानिक गर्ने बताएको छ । आयोजकले खेलाडीहरुलाई प्रतियोगिताको लागि तयारी तीब्र गर्न अनुरोध समेत गरेको छ ।

प्रतिक्रियाहरू