कास्की परिवार दक्षिण कोरियाले तथ्यांक संकलन गर्ने

810

कास्की परिवार दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण कास्केलिहरुको तथ्यांक संकलन गर्ने भएको छ l

कास्की जिल्ला भर भै हाल दक्षिण कोरियामा शैक्षिक, ब्यवासायिक, रोजगारी वा अन्य  विभिन्न  शिलशिला रहेका रहेका कास्केलिहरुको तथ्यांक संकलन गरि सबैलाई एकसूत्रमा बाध्ने उदेश्यले उक्त कार्य गर्न लागिएको समितिले जनाएको छ l

समितिले कोरियामा कस्केलीहरु कुन  क्षेत्रमा , कुन शिलशिलामा र कतिको संख्यामा  रहेका छौ  भनि तथ्यांक संकलन गर्ने कास्की परिवार दक्षिण कोरियाको पहिलो निर्णय बमोजिम संयोजक टेकनाथ भण्डारी सह-संयोजक एस पी अधिकारी रहने गरी तथ्यांक संकलन गर्न तयारि गरेको छः l

कोरियामा रहेका सम्पूर्ण कस्केली दाजुभाई  तथा दिदिबहिनीहरुले  आफ्नो नाम , ठेगाना , सम्पर्क नम्बर जस्ता बिवरणहरु  उपलब्ध गराई  तथ्यांक संकलन कार्यमा सहयोग गरिदिनु हुन पनि हार्दिक अनुरोध गरिएको छः l

प्रतिक्रियाहरू