कोरियाले शुरु गर्यो कामदारले पाउनु पर्ने ज्यालाको जानकारी तथा तुलना गर्न मिल्ने वेवसाइट

2273

कोरियाले मजदुरले पाउनु पर्ने तलब जांच तथा तुलना गर्न मिल्ने वेवसाइट लन्च गरेको छ l बिसेष गरि निजि कम्पनीहरुमा समान काममा हुने गरेको असमान ज्याला लाइ निरुत्साहित गर्न उक्त वेवसाइट शुरु गरेको श्रम तथा रोजगार मन्त्रालयले बताएको छ l

मंगलवार लन्च गरिएको (www.wage.go.kr) नामको उक्त वेवसाइट मार्फत निजि क्षेत्रमा कार्यरत कामदारले आफुले पाउनु पर्ने ज्यालाको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन l सामान काम गरे बापत आफ्नो तलब अरु संग समान छ वा छैन सो कुराको जानकारी समेत प्राप्त गर्न सक्नेछन l तर उनीहरुले काम गर्ने क्षेत्र भने समान हुनु पर्ने छ l जस्तै कम्पनीको साइज , व्यावसायको प्रकार , रोजगारको प्रकार , श्रेणी, लिंग , साथै दक्षता आदि को आधारमा आफुले पाउनु पर्ने ज्याला कति हुनुपर्ने हो सो कुराको सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन l जसको जानकारी बार्षिक रुपमा अपडेट हुदै जाने पनि बताइएको छ l

नयाँ वेवसाइटले   कामदारलाइ आफुले समान काममा पाउनु पर्ने ज्यालाको बारेमा जानकारी दिन ठुलो मद्वत पुग्ने मन्त्रालयको बुझाइ छ l यसले ज्यालामा पारदर्शिता ल्याउनुकासाथै समान कामको लागि हुने असमान ज्यालामा कमि ल्याउन ठुलो भूमिका खेल्ने बताइएको छ l

यधपी कतिपय विश्लेषकहरुले भने सरकारको उक्त नीतिले कम्पनीहरुलाई मजदुर ब्याबथापन गर्न निकै कठिन पर्नुका साथै द्वन्द्व समेत निम्त्याउन सक्ने बताएका छन् l

 

प्रतिक्रियाहरू