दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप ह्वात्तै बढ्यो , एकैदिन २० जनामा संक्रमण

6599

पछिल्लो समय दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ l बुधबार एकैदीन २०  जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ५१  पुगेको छ l संक्रमितको संख्या केहि दीन स्थिर रहेपनि बुधबार ह्वात्तै बढेको कोरिया रोग नियन्त्रण केन्द्रले बताएको छ l
पछिल्लो पटक संक्रमित मध्ये १४ जना कोरियाको थेगु क्षेत्रका छन् l थेगुको  एक चर्च बाट कोरोना भाइरस जांच गराउन आएका  मध्ये १४ जनामा संक्रमण देखिएको हो l  एकजना संक्रमित महिला उक्त चर्चमा गएपछि अरुलाई  समेत सक्रमण फैलिएको बताइएको छ l  हाल सम्म ति संक्रमित महिला १ सय ६६  जना संग सम्पर्कमा पुगिसकेको कारण सबैलाई बिसेष निगरानीमा राखिएको रोग नियन्त्रण केन्द्रले जनाएको छ l ति महिला पुगेको एक अस्पतालका कर्मचारीमा  समेतमा संक्रमण देखा परेको छ l
त्यसैगरी बुधबार नै ख्यांगबोक क्षेत्रमा ३ जना संक्रमित भेटिएका छन् l११ बर्षीय बालिकामा समेत भाइरसको संक्रमण फेला परेको छ l
थेगु क्षेत्रबाट मात्रै १५  जना संक्रमित फेला परेपछि सरकारले उक्त क्षेत्र कोरोना भाइरसको केन्द्रबिन्दु हुनसक्ने भन्दै साबधानी अपनाउन सुझाब दिएको छ l

प्रतिक्रियाहरू