कोरियामा कोरोना भाइरसले महामारीको रुप लियो , १ को मृत्यु ,१०४ संक्रमित , २५ लाख मानिसलाई घर बाहिर ननिस्किन सुझाब

14568

केहि महिनादेखि चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरसले दक्षिण कोरियामा पनि महामारीको रुप लिन थालेको छ l बिहिबार एक  दीनमै ५३ जना नयाँ संक्रमित भेटिएपछि कुल संक्रमितको संख्या १०४ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l

संक्रमित मध्ये एक ६३ बर्षीय कोरियन नागरिकको ज्यान गएको छ भने हजारौ मानिसलाई कोरोनाको आशंकामा बिसेष निगरानीमा राखिएको बताएको छ l

बिहिबार प्रमाणित भएका ५३ जना संक्रमित मध्ये ५१ जना कोरियाको उत्तरी ख्याङ्सान प्रान्त स्थित  थेगु वासि छन भने २ जना राजधानी सियोल बासि रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् l

संक्रमित मध्ये २८ जना  थेगुको एक चर्चका मानिसहरु छन् l ६१ बर्षिया एक संक्रमित महिला उक्त चर्चमा गएका कारण  संक्रमण फैलिएको बताइएको छ l

उक्त चर्च गएका १हजार  १ जना मध्ये ९० जनामा  कोरोना भाइरसको लक्षण देखिएको छ भने ५१२ जनाले कुनै लक्षण नदेखिएको बताएका छन् l त्यस्तै ३९६ जना सम्पर्कमा नआएको थेगु स्थानीय सरकारले जनाएको छ l

त्यस्तै कोरोना भाइरसको केन्द्रबिन्दु परेको  थेगु शहरमा  स्थानीय सरकारले त्यहाँ रहेका २५ लाख भन्दा धेरै मानिसहरुलाई घर बाहिर ननिस्किन तथा घर भित्र पनि माक्स लगाएर बस्न कडा सुझाब दिएको छ l त्यसैगरी  उक्त क्षेत्रमा प्रकोप नियन्त्रणको  निमित्त केन्द्रीय सरकारले  २.५ बिलियन वोन अर्थात २१ लाख अमेरिकी डलर दिने घोषणा गरेको छ l
कोरियन अनलाइनको सहयोगमा

प्रतिक्रियाहरू