कोरियामा एकैदीन १०० जनालाई कोरोना भाइरस , संक्रमितको संख्या २०४ पुग्यो

5951

केहिदीन यता दक्षिण कोरियामा कोभिड-१९ अर्थात कोरोना भाइरसको प्रकोप  महामारीको रुपमा फैलिन थालेको छ l फेब्रुरी ९ तारिख भाइरस संक्रमित एक महिला थेगुमा रहेको शिन्छेङ्गी चर्चमा प्राथानाका लागि पुगेपछि त्यहि बाट संक्रमणले महामारीको रुप लिन थालेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ  l

शुक्रबार एकैदीन थप १ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछी हाल संक्रमितको संख्या २०४ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् l संक्रमित मध्ये १ सय ५३ जना थेगुको दक्षिणी भेकका छन् l

थेगुको शिन्छेङ्गी  चर्चमा ति  महिला संग सम्पर्कमा आएका १२८ जना  संक्रमित भैसकेको पुष्टि भएको छ l संक्रमणले महामारीको रुप लिन   थालेपछि कोरियाको थेगु शहर सुनसान जस्तै बन्न थालेको छ l मानिसहरु घर बाहिर निस्किन छाडेपछि रेस्टुरेन्ट तथा व्यापारिक केन्द्रहरु सुनसान बन्न थालेका हुन्  l

संक्रमण थप फैलिन नदिन स्थानीय प्रशासनले थेगु शहर तथा आसपासका क्षेत्रमा बस्ने २५ लाख मानिसलाई घर भित्रै बस्न  कडा निर्देशन जारि गरेको छ l

प्रतिक्रियाहरू