दक्षिण कोरियामा केहिदीन देखि महामारीको रुपमा फैलिएको कोभिड-१९ अर्थात कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ पुगेको छ l कोरिया रोग नियन्त्रण केन्द्र केसीडीसीका अनुसार मंगलबार थप ६० जनामा उक्त भाइरसको संक्रमण फेला परे संगै कुल संक्रमितको संख्या ८९३ पुगेको छ l
मगलबार नया संक्रमितको संख्या घटेको छ l सोमबार १६० जनामा संक्रमणको पुष्टि भएकोमा मंगलबार दिउसो सम्म ६० जना मात्रै नया संक्रमित फेला परेका छन् l त्यसैगरी उक्त रोगका संक्रमित मध्ये २२ जना पूर्ण रुपमा निको भएर घर फिर्ता भएको रोग नियन्त्रण केन्द्रले बताएको छ l
मंगलबार पुष्टि भएका नयाँ संक्रमित मध्ये ४९ जना थेगु तथा उत्तरी ख्यांङ्गसान प्रान्तका बासिन्दा छन् l बुसान तथा ख्याङ्गिदोमा पनि नया संक्रमित फेला परेका छन् l
हाल सम्म कोरोनाको आशंकामा १३ हजार २ सय ७३ जनालाई बिसेष निगरानी (quarantine) मा राखिएको छ भने हाल सम्म भाइरस जांच गराउनेको संख्या ३५ हजार ८ सय २३ पुगेको छ l(योंघाप न्युज एजेन्सी )