कोरियामा कोरोना भाइरसको प्रकोप : १६९ नयाँ संक्रमित , एक बिदेशी सहित १२ जनाको मृत्यु

5904

दक्षिण कोरियामा केहिदीन  देखी माहामारीको रुप लिएको कोरोना भाइरसका कारण १२ जनाको मृत्यु भइएको छ l मृत्यु हुनेमा एकजना मंगोलियन नागरिक पनि छन् l उनि कलेजो प्रत्यारोपणको लागी  केहि समय पहिला मात्र कोरिया आएका थिए l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार बुधबार दिउसो सम्म थप १६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ l हाल सम्म  संक्रमितको संख्या ११ सय ४६ पुगेको छ l

संक्रमित मध्ये ८० प्रतिशत थेगु आसपासका मानिसहरु छन्  l उनीहरु थेगुको एक चर्च संग सम्बन्धित ब्याक्तिहरु हुन् l राजधानी सउल मा पनि संक्रमण देखिएको छ l  त्यसैगरि  दोस्रो ठुलो शहर बुसानमा पनि  बुधबार  ८ जना नयाँ संक्रमित फेला परेको रोग नियन्त्रण केन्द्रले बताएको छ l

बुधबार पुष्टि भएका नयाँ संक्रमित मध्ये १५३ जना थेगु तथा उत्तरी  ख्यांगसान प्रान्तका मानिसहरु भएको बताइएको छ l उनीहरु मध्ये धेरैजसो थेगुको शिन्छेङ्गी  चर्चमा धार्मिक सभामामा उपस्थित ब्याक्तिहरु  छन् l (योंघाप )

प्रतिक्रियाहरू