कोरियामा काम छाडेका बिदेशी श्रमिकको लागी २ महिनाको अबधि थप हुने

1224

दक्षिण कोरियामा काम छाडेर नयाँ कामको खोजीमा रहेका बिदेशी श्रमिकको लागि २ महिनाको समयावधि थप हुने भएको छ l पछिल्लो समय कोरोना भाइरसले महामारीको रुपलीन थालेपछि श्रमिकको सहजताकोलागी उक्त समय थप गरेको न्याय मन्त्रालयले बताएको छ l उक्त नियम यहि फेब्रुरी २८ देखि लागु हुनेछ l

कोरियाको रोजगार केन्द्रका अनुसार यहि फेब्रुरी २८ देखि आगामी अप्रिल ३० तारिख सम्मलाइ आफुले काम खोज्ने ३ महिनाको समय अबधिमा हिसाब हुने छैन l यो अबधिमा काम खोज्ने श्रमिक रोजगार केन्द्र धाउनु नपर्ने तथा सिधा फोन सम्पर्क मार्फत कामको जानकारी लिन सकिने बताइएको छ l

प्रतिकुल अबस्थामा काम खोज्नलाई  २ महिनाको समय अबधि थप हुने भएपछी काम छाडेर बसेका हजारौ श्रमिकहरु लाभान्वित हुने छन्  l

कोभिड -१९ का कारण हाल  दक्षिण कोरियामा १३ जनाको मृत्यु भैसकेको छ भन्ने २३ सय ३७ जना संक्रमित भैसकेका छन् l थेगु लागायतका केहि स्थानहरुमा काम खोज्ने तथा बाहिर हिडडुल गर्ने अबस्था असहज बन्दै गैरहेको छ l

कोरियन अनलाइनको सहयोगमा

प्रतिक्रियाहरू