कोरियामा कोरोना भाइरस फैलाउन मुख्य भूमिका खेलेको आरोप लागेका सिन्छोन्जीका प्रमुखले माफी मागे

5080

कोरियामा कोरोना भाइरसले महामारीको रुप लिन थालेपछी  सिन्छोन्जी चर्चका प्रमुख ली म्यानही ले गल्ति स्वीकार्दै सार्बजनिक रुपमा माफी मागेका छन् l  सिन्छोन्जीका जन्मदाता समेत रहेका ८८ बर्षिय ली लाइ कोरोना भाइरस फैलाउन मुख्य भूमिका खेलेको आरोप लाग्दै आएको छ l सोमबार एक पत्रकार सम्मेलनमा बोल्दै  धार्मिक नेता ली ले भाइरस सक्रमित मध्ये अधिकांस सिन्छोन्जीका सदस्य हुनु दुखत भनेका छन् l

उनले आगामी दीनमा रोग नियन्त्रणको लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्वता समेत ब्याक्त गरेका छन् l

कोरियामा केभिड- १९ बाट संक्रमित हुनेमा ६० प्रतिशत भन्दा धेरै  सिन्छोन्जी चर्चका सदस्यहरु छन् l ली लाइ उक्त चर्चका सदस्य संख्या लुकाएको l झुटो बिबरण पेश गरेको तथा महामारीको अबस्थामा पनि सरकारलाई असहयोग गरेको आरोप लाग्दै आएको छ l

कोरियाली संचार माध्यमका अनुसार धार्मिक नेता ली विरुद्व दुइलाख भन्दा धेरै  अनलाइन हस्ताक्षर राष्ट्रपतिको कार्यालयमा बुझाइएको छ l
कोरियन अनलाइनको सहयोगमा

प्रतिक्रियाहरू