दक्षिण कोरियामा पछिल्लो केहि सातादेखि महामारीको रुपमा फैलिएको केभिड- १९ अर्थात कोरोना भाइरसको कारण ३१ जनाको मृत्यु भएको छ भने ५ हाजर १ सय ८६ जना संक्रमित भएका छन् l कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार मंगलावर मात्र थप ८५१ जनामा संक्रमणको पुष्टि भएको छ l त्यस्तै २३ जनाको अबस्था गम्भीर रहेकोले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ l
संक्रमित मध्ये ४ हजार २ सय ९५ जना कोरियाको थेगु तथा उत्तरी ख्यांङ्सान प्रान्तका मानिसहरु छन् l हाल सम्म कोरोना भाइरस चेक गराएका १ लाख २१ हाजार ९ जना मध्ये ८५ हजार ४ सय ८४ जनामा संक्रमण नभएको पुष्टि भएको छ भने ३५ हजार ५ सय ५५ जनाको नतिजा आउन बाँकी रहेको रोग नियन्त्रण केन्द्रले बताएको छ l त्यसैगरी ३४ जना भाइरस संक्रमित पूर्ण रुपामा निको भएर घर फर्किसकेका छन् l
भाइरसले महामारीको रुप लीन थालेपछि राष्ट्रपति मुन जे इनले कोरोना भाइरस बिरुद्वाको लडाइ घोषणा गरेका छन् l उनले सम्पूर्ण सरकारी निकायहरुलाई २४ घण्टा अलर्ट रहन निर्देशन समेत दिएका छन् l(योंहाप न्युज एजेन्सी)