दक्षिण कोरियामा महामारीको रुप लिएको कोरोना भाइरस बाट संक्रमित हुनेको संख्या दैनिक रुपमा बढेको छ l कोरिया रोग नियन्त्रण केन्द्रले प्रकाशित गरेको पछिल्लो तथ्यांकअनुसार बिहिबार साँझ सम्म भाइरस संक्रमितको संख्या ६ हजार ८८ पुगेको छ l
यधपी भाइरस संक्रमणको प्रकोप बढेतापनि उपचार पश्चात निको भै घर फर्किनेको संख्यामा समेत बृद्वी भएको छ l केहि केहिदीन देखि स्थिर जस्तै रहेको निको हुनेको संख्या बिहिबार ह्वातै बढेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l बिहिबार मात्र ४७ जना सफल उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् l
हाल सम्म दक्षिण कोरियामा कोरोना भाइरस निको भै अस्पताल बाट डिस्चार्ज हुनेको संख्या ८८ पुगेको छ भने मृत्यु हुनेको संख्या ४२ छ l
उक्त भाइरस बाट मृत्यु हुनेमा अधिकांस बृद्व उमेरका तथा दिर्घ रोगि रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् l
कोरियन अनलाइनको सहयोगमा