कोरियामा कोरोना भाइरस : नयाँ संक्रमितको संख्या घट्दो , थेगु बाहिर न्युन प्रकोप

2016

दक्षिण कोरियामा महामारीको रुप लिएको  कोरोना भाइरसको प्रकोप केहिदीन यता क्रमिक रुपाले घटेको छ l गत हप्ता दैनिक ५ सय भन्दा धेरैमा सक्रमण देखिएकोमा यो साता सो संख्या  घटेको हो  l मंगलवार बिहान सम्म थप १३१ जानमा भाइरस पुष्टि भएसंगै हाल सम्म संक्रमितको संख्या ७ हजार ५ सय १३ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l सो संख्या बिगत ४ दीन देखि क्रमिक रुपमा घटेको छ l

त्यसैगरी कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ५८ पुगेको छ l यसरि मृत्युहुनेमा धेरैजसो बृद्व उमेर तथा दिर्घ रोगीहरु छन् l  त्यसैगरी हाल सम्म २४७ जना पूर्ण रुपामा निको भै घर फर्किसकेका छन् l

दक्षिण कोरियामा कोरोना भाइरसको केन्द्र मानिएको थेगु तथा उत्तरी ख्याङ्सान प्रान्त बाहेकाका क्षेत्रमा भने प्रकोप न्यून देखिएको छ l सबैभन्दा धेरै जनघनत्व भएका स्थान राजधानी सियोल तथा ख्याङ्गिदो क्षेत्रमा हाल सम्म संक्रमितको क्रमसः १४१ र १६३ पुगेको छ l त्यसैगरी छुङ्नाम मा सो संख्या १०४ पुगेको छ भने बुसानमा हाल सम्म संक्रमितको संख्या ९६ पुगेको रोग नियन्त्रण केन्द्रले जनाएको छ l त्यसैगरी जेजु तथा इन्छनमा संक्रमितको संख्या निकै कम छ l

यधपी मंगलाबार राजधानी सियोलको दक्षिणी क्षेत्रमा एक परिवार  तथा उनीहरुसंग आबद्व  ३२ जना कामदारहरुमा  कोरोना भाइरसको  सामुहिक  संक्रमण देखा परेको छ  l सियोलमा यसरि सामुहिक संक्रमण देखा परेको यो पहिलो घटना हो l

सबैभन्दा धेरै प्रभावित हुनेमा थेगु  क्षेत्रमा ५ हजार ६ सय ६३ छ भने ख्याङ्गबुक क्षेत्रमा सो संख्या १ हजार १ सय १७  पुगेको छ l यसरि संक्रमित हुनेमा अधिकांस मानिसहरु क्रिस्चियन धार्मिक समुह शिन्चेओन्जी संग सम्बध्ध ब्याक्तिहरु छन् l कोरिया टाइम्सको सहयोगमा

प्रतिक्रियाहरू