कोरियामा कोरोना भाइरस : राजधानी सियोलमा देखियो ठुलो संख्यामा सामुहिक संक्रमण ,सावधान रहन सुझाब

3738
°æºÏ´ë º´¿ø µµÂøÇÏ´Â 'Äڷγª19' ÀÇ½É È¯ÀÚ (´ë±¸=¿¬ÇÕ´º½º) ´ë±¸¿¡¼­ ½ÅÁ¾ Äڷγª¹ÙÀÌ·¯½º °¨¿°Áõ(Äڷγª19) È®ÁøÀÚ°¡ ´Ù¼ö ³ª¿Â 19ÀÏ ¿ÀÈÄ ´ë±¸½Ã Áß±¸ °æºÏ´ëÇб³ º´¿ø¿¡ ±ä±Þ ÀÌ¼ÛµÈ Äڷγª19 ÀÇ½É È¯ÀÚ°¡ µµÂøÇÏ°í ÀÖ´Ù. 2020.2.19 [¿¬ÇÕ´º½ºTV ±èÁ¾¿î ÃÔ¿µ] mtkht@yna.co.kr/2020-02-19 15:03:23/

दक्षिण कोरियाको राजधानी  सियोलको एक कल सेन्टरमा कोरोना भाइरसको सामुहिक संक्रमण देखा परेको छ l कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार मंगलबार दक्षिणी सियोलको सिन्दोरिममा रहेको  एउटा कल सेन्टरमा कार्यरत ५० भन्दा धेरै कर्मचारीहरुमा सामुहिक संक्रमण देखा परेको हो l

देशको करिब  आधा जनसख्या ओगटेको राजधानी सियोलमा देखिएको उक्त सामुहिक संक्रमणले कोरोना बिरुद्वको लडाइमा थप चुनौती थपिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् l सक्रमित हुनेमा अधिकांस कर्मचारीहरु सियोल , इन्छन तथा ख्याङ्गिदो वासीहरु छन् l हाल सियोल नगरले उक्त कल सेन्टरलाई पूर्ण तया नियन्त्रणमा लिई थप मानिसहरुलाइ  बिसेष निगरानीमा राखेको छ l

राजधानी सियोलमा सामुहिक संक्रमण देखा परेको यो पहिलो पटक हो l उक्त सेन्टरमा काम गर्ने तथा उनीहरुको सम्पर्कमा आएका थप मानिसहरुमा भाइरस चेकजांच भैरहेको हुदा संक्रमितको संख्या थप हुन् सक्ने बताइएको छ l बाक्लो जनघनत्व भएको तथा संक्रमित हरुको संख्या पूर्ण यकिन नभैसकेकोले सबैलाई  बिसेष सावधान रहन सियोल नगरले सुझाब दिएको छ l तस्बिर- कोरिया टाइम्स

प्रतिक्रियाहरू