कोरियामा विवादास्पद शिन्चेओन्जी चर्चका सदस्यले आत्महत्या गर्न थाले

3062

पछिल्लो समय दक्षिण कोरियामा बिबादित बनेको  शिन्चेओन्जी चर्चकाका सदस्यहरुले आत्महत्या गर्न थालेका छन् l कोरियाली संचार माध्यम कोरिया टाइम्सका आनुसार शिन्चेन्जी संग सम्बद्व एक महिलाले गएराती आत्महत्या गरेकी छन् l

दक्षिण कोरियाको उत्तरी प्रान्त जेओङ्अप  मा ११ औं तल्लाको अपार्ट बाट हाम फालेर ति महिलाले आत्महत्या गरेकी हुन् l प्रहरीका अनुसार दुइ सन्तानकी आमा समेत रहेकी ति महिलाले आफुले अनुसरण गरेको धर्मको बिषयमा आफ्नो श्रीमान संग बिबाद परेपछि आत्महत्या गरेको प्रारम्भिक अनुशन्धानमा खुलेको छ l

उनको साथबाट कुनैपनि सुसाइड नोट नभेटिएको प्रहरीले जनाएको छ l उनमा कोरोना भाइरस नेगेटिभ देखिएतापनि स्वाम क्वारेन्टाइनमा बस्दै आएकी थिइन l

धर्मकै बिषयलाई लिएर बिबाद भएपछी करिब २ साता पहिला  उल्सानमा एक शिन्चेओन्जी  महिलाले आत्महत्या गरेकी थिइन l

पछिल्लो पटक कोरियामा  कोरोना भाइरसको महामारी फैलाउन मुख्य भूमिका खेलेको आरोप लाग्दै आएका शिन्चेओन्जी  सदस्यले आत्महत्या गरेको यो दोस्रो पटक हो l

प्रतिक्रियाहरू