कोरोनाको भाइरसको त्रासका कारण उत्तर कोरियाली नेता किमले राजधानी प्योङयाङ छाडे

1248

उत्तर कोरियाली  किम जोङ उनले बाक्लो जनघनत्व भएको राजधानी  प्योङयाङ छाडेका छन l उत्तर कोरियाली स्टेट मिडियाका अनुसार नेता किमले  लामो समय देखि राजधानी प्योङयाङ छाडेर बाहिर बस्न थालेका हुन l यद्यपी  उनले शैनिक तालिमको निरीक्षण गर्न बाहिर बसेको बताएपनि राजधानी छाडेर लामो समय बाहिर बसेको यो पहिलो पटक हो l

नेता किमले  फ्रेब्रुरी २६ तारिख देखि राजधानी प्योङयाङ छाडेका हुन l उनि कोरोना भाइरसको सन्त्रासले बाहिर बस्न थालेको केहि संचार मध्यमहरुले उल्लेख गरेका  छन l तर उत्तर कोरियालि अधिकारीले भने देश हाल सम्म कोरोना मुक्त रहेको दावी गर्दै आइरहेका छन् l

विश्वभर कोभिड -१९ को सन्त्रास फैलिदै गर्दा नेता  किमले भने मार्च २ तारिख र ९ तारिख गरि  ५ वटा छोटो दुरीका मिसाइल परिक्षण गरेका छन्  l

नेता किम राजधानी बाहिर रहदा शैनिक तालिममा ब्यास्त रहेको उत्तर कोरियाली केन्द्रिक समाचार एजेन्सीलेले जनाएको छ l तर उनि कुन स्थानमा छन भन्ने वारे उल्लेख गरेको छैन l( योंघाप )

 

प्रतिक्रियाहरू