दक्षिण कोरिया सिन्छेन्जी चर्चले सामुहिक रुपमा कोरोना भाइरस फैलाएको घटना सेलाउन नपाउदै पुनः अर्को चर्चले सामुहिक रुपामा भाइरस फैलाएको तथ्य खुलासा भएको छ l कोरियाको घना बस्ति रहेको ख्याङ्गिदो प्रान्त स्थित सङ्नाममा रहेको द रिभर अफ ग्रेस कम्युनिटी चर्चले कोरोना बाट बचाउने भन्दै मुखमा छर्केको नुनपानी बाट एकैचोटी ४६ जना संक्रमित भएका छन् l
उनीहरुले चर्चमा आएका यशु ख्रीष्टका अनुयायी हरुलाई भाइरस बाट बचाउने भन्दै मार्च १ तारिख र ८ तारिख गरि २ पटक सम्म एक एक गरेर सबैको मुखमा नुनपानी छार्केका थिए l त्यसैको कारण ४६ जना एकैपटक संक्रमित भएको कोरियाली संचारमाध्यहरुले लेखेका गरेका छन् l
द रिभर अफ ग्रेस कम्युनिटी चर्चलेको सिसिटिभी फुतेजको आधारमा उक्त कुरा पत्ता लागेको हो l ” यो एकदमै दुर्भाग्यपूर्ण छ l संक्रमितको संख्या अझै बढ्न सक्छ ” ख्याङ्गि प्रान्त कोभिड-१९ का आपतकालीन रेस्पोन्स टिमका सह प्रमुख ली हि यङले बताए l
मार्च ८ तारिख चर्चमा पुगेका १३५ जना मध्ये ४० जनामा कोरोना संक्रमण भेटिएको छ भने मार्च १ तारिख चर्च गएका मध्ये ६ जनामा सक्रमण पुष्टि भएको सङ्नाम क्षेत्रका मेयर युन सु मि ले बताए l
राजधानी सियोल आसपासका क्षेत्रमा यसरि सामुहिक संक्रमण देखा परेको यो दोस्रो पटक हो l गत हप्ता मात्र सियोलको एक कल सेन्टर बाट सामुहिक रुपामा भाइरस फैलिदा १ सय भन्दा धेरै संक्रमित भएका थिए l(कोरिया हेराल्ड)