कोरियन एयरले काठमाडौंको उडान अब सातामा १ पटक मात्रै गर्ने

684

कोरियन एयरले काठमाडौंको उडान  हप्तामा एकपटक सोमबार  मात्र गर्ने भएको छ  । हाल सम्म उक्त कम्पनीले हप्तामा ४ वटा उडान  गर्दै आएको थियो l  उक्त नियम सोमबार देखि मार्च महिनाभर लागु हुने बताइएतापनि मार्च ३१ तारिख मंगलवारको उडान भने हाल सम्म  यथावत राखेको छ  l

।कम्पनीका अनुसार कोरोना भाइरसविरुद्ध नेपाल सरकारले ल्याएको नीतिलाई सहयोग गर्न र  कोरोना भाइरसका कारण अत्यन्तै कम बुकिंग हुन् थालेपछि उडान कटौति गर्नुपरेको कम्पनीले बताएको छ l उडान कटौतीले नेपाल सरकारले ल्याएको कोरोना विरुद्वको अभियानलाई समेत सघाउ पुग्ने बताइएको छ l

यो बिचमा  टिकट काटिसकेका यात्रुले बीना कुनै जरिवाना टिकट रद्द वा उडान मिति सार्न सक्ने भएका छन् ।

प्रतिक्रियाहरू