कोरियन राष्ट्रपति लगाएत उच्च अधिकारिहरुले आफ्नो तलबको केहि अंश कोरोना नियन्त्रणमा खर्च गर्ने

1185

दक्षिण कोरियाका राष्ट्रपति मुन जेइन तथा केहि सरकारी उच्च अधिकारीहरुले आफ्नो तलबको ३० प्रतिशत कोरोना नियन्त्रणमा खर्च गर्ने घोषणा गरेका छन् l उनीहरुले ४ महिनाको तलबमा प्रत्येक महिनाको ३० प्रतिशतका दरले सरकारलाई फिर्ता गर्ने छन् l उक्त रकम कोरोना नियन्त्रणको लागि खर्च गरिने बताइएको छ l

राष्ट्रपति , प्रधान मन्त्री ,मन्त्रि परिषदका सदस्य लगाएत उच्च सरकारी अधिकारीहरुले  सो रकम फिर्ताको घोषणा गरेको  प्रधानमन्त्री कार्यालयको सचिवालयले जनाएको  छ l उक्त रकम अर्थ मन्त्रालयले कोरोनाका बिरामीको उपचार तथा क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोगको लागि खर्च गरिने छ l

पछिल्लो केहि दीन यता दक्षिण कोरियामा नया संक्रमितको संख्या घट्दो क्रममा छ l हाल सम्म संक्रमितको संख्या ९ हजारको हाराहारीमा छ भने उपचार पछी निको हुनेको संख्या ३ हजार नाघेको छ l त्यस्तै गरि कोभिड- १९ का कारण हाल सम्म  १ सय ११ जनाले ज्यान गुमाएका छन् l ज्यान गुमाउनेमा अधिकांस बृद्व उमेर तथा लामो समय देखि अन्य रोगले ग्रसित मानिसहरु छन् l
कोरिया टाइम्स

प्रतिक्रियाहरू