दक्षिण कोरियाकी ९७ बर्षीय वृद्धा नोभेल कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा मुक्त भएकी छन् । हाल सम्म उनी कोरियामा कोरोना भाइरसको संक्रमण पछि निको हुने सबैभन्दा वृद्ध महिला हुन् ।
बुधबार छियोङ्दो काउन्टीकी ह्वाङ्गलाई पूर्ण स्वस्थ भएको घोषणा गरियो ।
देगुको दक्षिण शहर नजिकै रहेको छियोङ्दो काउन्टी बन्द छ । यहाँ कोरोना भाइरसका धेरै संक्रमित छन् ।
ह्वाङ्गलाई मार्च १३ तारिखमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको थेगुको पूर्वमा रहेको पोहाङ्ग पब्लिक क्लिनिकमा आइसियूमा राखेर उपचार गरिएको थियो ।
उनी अहिले छियोङ्दोस्थित आफ्नो घरमा क्वारेन्टिनमा छिन् । त्यहाँ उनी आफ्नो छोरासँगै बस्छिन् ।
प्रतिक्रियाहरू