कोरियामा एक ब्यक्ति एक हेल्थ किट अभियान

1373

दशा लायो भनेर पुर्पुरोमा हात राखेर रोएर हुॅदैन।कोरनालाई भट्टे सराप गरेर पनि केहि हुनेवाला छैन।त्यसै आत्तिएर ॲाफैभित्रको क्षमता कमजोर बनाउनु झन कोरनालाई स्वागत गर्नु हो।बार बारे तिल जोगिन्छ।रोग लागेर उपचार गर्नु भन्दा रोगनै लाग्न नदिनु राम्रो हो।दशा भन्ने कुरा बाजा बजाएर ॲाउदैन तर कोरना भाईरस चिन बाहेकका देसमा बाजा बजाएर आयो।
लौन!क्यारम?एकातिर बिछोडको पिडा छ अर्कोतिर माहामारीको पिर छ।न भागेर जानि कुनै ठाॅउ छ न भोग्न सकिन्छ।नभोगेर सुखै छैन।हाम्रोपालामा आएको यो बिपत्तिको सामना हामि मिलेर गर्नुपर्छ भन्ने नमुना दक्षिणकोरियामा रहेका नेपालीहरुबाट शुरु हुनु निकै गर्वको कुरा हो।राष्ट्रप्रेम केवल भाषण र नारा जुलुस आरोप प्रत्यारोप होईन।न भावनाका छालहरु तरङगित भएर आउने कविता र गित मात्रै हुन।देसलाई आवश्यक परेको बेला गरिने सकरात्मक ठोस पहल कदम चाल्नुनै असल राष्ट्रप्रेम हो।हामि परदेसकाले घरदेसकालाई बचाउॅन के गर्न सक्छौ?

अईले मानव जातीकै अस्तित्व माथि धावा बोलेर बिश्वलाई नै आतङकित बनाएको यो रोगले आधुनिक बिकास र प्रविधिलाई ठाडै चुनौति दिईरहेको छ।जतिनै शक्तिशाली भनिएका मुलुकहरु पनि यस माहामरीको सामु निम्छरो सावित भएका छन।बिभिन्न कालखण्डमा भएका प्रलय माहाप्रलयबाट नै पृथ्विको पुनसंरचना भएको तथ्यलाई नकार्न सकिदैन।बिभिन्न नामका माहामारीको सामना गर्न नसकेर कैयौ प्रणि र सभ्यताहरु ध्वस्त हुॅदै गए नॅया सभ्यताहरु बिकसित हुॅदै आए।पछिल्लो समयमा आएको कोरना भाईरस मानव जातीको लागि माहासंकट बनेर आएको सवैलाई बिदित नै छ।

“आखिरीमा को मर को मर किचकै मर “भन्ने नेपाली उखान चरितार्थ हुने त होईन?अमेरिका ,चिन,जापान,कोरिया युरोपलाई आच्छु आच्छु पारेको कोरनाले हाम्रो मातृभुमि नेपालमा ति मुलुकका झै फैलिएमा के होला?काहाली लाग्दो अवस्थाको कल्पना गरेर आत्मबल घटाउनेतिर नसोचौ।हाम्रो देसको दैलो भित्र पसिसकेको यथार्थतालाई पनि कम आंकलन नगरौ।यद्यपि हामिलाई जोगिने अवसर पनि पाईएको छ।ढिलै भएपनि सरकारको चेत खुलेर लकडाउन गरिएको छ।अनगिन्ति गुनासो भएपनि सरकारनै आम जनताको अभिभावक हो।सरकारले गरेका आदेसलाई हु बहु पालना गर्ने र हरसंभव तरिकाले सरकारका कामलाई सघाउने आम देसभक्त नागरिकको कर्तव्य हो।

मडारिएको कालो बादलमा पनि नियालेर हेर्नुभयो भने चॅादीको घेरा हुन्छ भनेझै कोरनाले पनि यस्तै संकेत दिएको छ।जे कुरालाई बिकास भनियो त्यो बिकास थिएन।प्रकृतिको दोहन गरेर खडा भएका बिभेद र असमनताका गगनचुम्बि पर्खालहरु गर्ल्यामै ढल्दै छन।ओझेलमा पारिएको चौतर्फि पश्चिमा आक्रमणको शिकार भएको पुर्विय दर्शन र सभ्यताका कतिपय अभ्यासहरुको महत्व बुझाई दिएको छ।सारा संसारलाई झस्काई दिएको छ।

हामि बाॅचेमात्र सारा बैभव संवृध्दिको अर्थ हुन्छ।नत्र हामिले कमाएका पैसाको महत्व केवल कडुसका पात जत्तिको पनि हुदैन।यो कुराको गम्भिरतालाई बुझेर आम कोरियाबासि दाजुभाईहरु एक ब्यक्ति एक हेल्थ किट अभियानमा जुटेका छन।हामि ५०/६०हजारको संख्यामा रहेकाले यो अभियानमा सहभागि भएर साथ दियौ भने राष्ट्रको लागि ठुलो योगदान हुन सक्छ।बिकसित मुलुकका झै उपचार गरेर नियन्त्रण गर्ने सामर्थ्य हामि सॅग छैन।

रोग पहिचान र स्वास्थ्यकर्मिको सुरक्षा पहिलो आवश्यकता हो।उनिहरु बॅाचे मात्र हामिलाई बचाउन सक्छन।सानो तर महत्वपुर्ण कुरामा ध्यान दिएरनै कोरियाले कम क्षतिमा कोरना बिरुध्दमा गरेको सफलतान्मुख अनुभव पनि गॅासिएको छ। #यो_समय_देशका_लागि केही गर्ने बेला हो अाफ्नो लागि त हामीले धेरै गरिसक्यौं अब आउनुस देशको लागि एकजुट हौ।
मातृभुमि नेपाल मा परेको बिपत्तिमा सहभागि भई सहयोग गर्न NRN ले प्रति किट्स २०( २०००० वोन) डलर मा नेपाल मा प्रयोग हुन सक्ने र 3 #घण्टा मा रिजल्ट दिन सक्ने kits को लागि सम्बंधित कम्पनि सँग सम्झौता गारेको छ । कोरियामा रहेको ४००००मध्ये २००० जनाले मात्र एक किट्सको दरले सहयोग गर्नु भएमा पनि नेपालमा हालको समस्यामा केहि राहत हुने देखिन्छ ।कोरियाबासि मानुभाबहरु अत्यन्तै मनकारि भएकोले दिल खोलेर सहयोग गर्नु हुनेमा हामि बिस्वस्त छौ । हाल नेपाल जाने साधन नभएको ले यो सुक्रबार चाइना जाने फ्लाइट बाट चाइना सम्म पठाउन सके त्यहाँ बाट नेपाल सरकार ले लाने तयारी गरको छ। त्यसैले भोलि दिन भरिमा हामीले सबै काम सक्नु पर्ने भएकोले यहाँ हरूको गर्न सक्ने सहयोग सके सम्म छिटो गर्दीनु हुन हार्दिक अनुरोध गरिन्छ।
थप जानकरिको लीनु परेमा यस अभियान का संयोजक र सदस्य ज्यु हरु संग संपर्क गर्न सक्नु हुने छ। श्री पशुपतिनाथ र गौतम बुध्द भगवान सॅग सवै नेपालीलाई बिपत्ति सॅग लडने सामर्थय प्दान गरुन।यहि प्राथाना गर्दछु।धन्यवाद

संयोजक : यदु लामिछाने
सहकोषाध्यक्ष : सन्तोष खड्का
महिला संयोजक: सुभद्रा पालुङवा
सचिब: मनोज गौतम
स्वतन्त्र अभियान्ताहरुमा –
गुरुदत्त न्यौपाने
मिन बिक
राजु श्री
डोलिन के सी
अर्जुन बराल

सहयोगको लागी

KEB HANA BANK : 259-91020583305
NAME: 주한네팔인 협회 nrna

प्रतिक्रियाहरू