ब्रेन ट्युमर बिरामी खत्रीलाइ हामी नेपाली दक्षिण कोरिया द्वारा ५ लाख वोन आर्थिक सहयोग ।

746

बिगत लामो समयदेखि ब्रेन ट्युमर ग्रेड ३ जस्तो गम्भीर रोगका कारण कोरियाको इन्जे युनिभर्सिटी हस्पिटलमा पटक पटक मस्तिष्कको शल्यक्रिया तथा उपचार गर्दै आइरहेका काभ्रेपलान्चोक पनौती स्थायी घर भई इपियस मार्फत दक्षिण कोरिया आएका काभ्रे सम्पर्क समिती दक्षिण कोरियाका उपाध्यक्ष समेत रहेका सामाजिक कार्यमा सक्रिय युवा संजय खत्री लाई हामी नेपाली दक्षिण कोरियाले पांच लाख वन सहयोग गरेको छ।

सन् २०१७ मा कोरिया आएका उनी एक बर्षमै २०१८ मा मस्तिष्कको पहिलो,दोस्रो,तेस्रो गरी ३ पटक अप्रेसन गरिएको थियो।त्यसपश्चात निरन्तर किमो थेरापी गर्दै अस्पताल फलोअप गर्दै आइरहेको भएपनी फेरि ट्युमर बढेर २०१९ को अन्तिम तिर दोस्रो पटक अस्पताल भर्ना भई चौथो र पाँचौ पटकको शल्यक्रिया गरी थेरापी गर्दै आईरहेको बुझिएको छ l

दक्षिण कोरियामा रहेका बिभिन्न सामाजिक संघसस्थाहरु तथा ब्यत्तिगत रुपमा प्राप्त सहयोगबाट उपचार र पटक पटक सल्यकृया गरी अहिलेसम्म उहाको ट्युमर ग्रेड ३ मानै रोकथाम गरी ट्युमर धेरै फैलिन नदिएतापनि glioblastomaa multiforme हुनसक्ने सम्भाबना धेरै भएकोले हाल बिरामीको chemoradio therapy चलिरहेको र अझै ४,५ महिना निरन्तर थेरापीमा रहि हस्पिटलमा फलोअप गरिरहनुपर्ने र ट्युमर एकदमै agressive भएकोले फेरिपनि सल्यकृया गर्नुपर्ने अवस्था आउनसक्ने डाक्टर को आंकलन रहेको र यस्तो ट्युमर(anaplastic astrocytomas high grade glioma )नामक ट्युमर को उपचार नेपालमा सम्भब नभएको (ANI )नेपालका बरिस्ठ न्यूरो सर्जन प्रो डा बसन्त पन्त ले पनि कोरियामा गरिएको सम्पूर्ण उपचारको मेडिकल रिपोर्ट हेरे पस्च्यात कोरियामा नै सल्यकृया गर्न सल्लाह सुझाब दिएको र यहाको प्रो. डा ले सुरुदेखिनै बिरामी(सञ्जय खत्री) को उपचार गर्दै आउनुभएकोले अझै एक बर्ष बिरामीलाई आफ्नो निगरानीमा राखी पहिला पनि यस्तै केसको बिरामीलाई ट्युमरमुक्त गरेको अनुभब रहेकोले यस किसिमको ट्युमरबाट बिरामी सञ्जय खत्रीलाई पनि सफल उपचार गर्न कोशीस गर्ने डा.स्वयंले बताएका छन

प्रतिक्रियाहरू