कोरियाले निम्न आय भएका घरपरिवारलाई १० लाख वोन सम्म आर्थिक सहयोग दिने

1071

दक्षिण कोरियाले  कोरोना भाइरसको माहमारिका कारण निबिकोपार्जनमा समस्या परेका घरपरिवारलाइ १० लाख वोन सम्म आर्थिक सहयोग दिने भएको छ l सोमबार बसेको आपतकालीन आर्थिक सल्लाहाकारहरुको बैठकमा  राष्ट्रपति मुन जे इनले सो कुराको घोषणा गरेको कोरियाली संचार माध्यमहरुले जनाएका छन् l

केन्द्रीय तथा स्थानीय सरकारको संयुक्त प्रयास बाट आगामी हप्ता देखि उक्त सहयोग रकम वितरण हुने   बताइएको छ l
यसरि बितरण हुने आर्थिक सहायता बाट १ करोड ४० लाख घर परिवार लाभान्वित हुनेछन l सरकाले १  जना सदस्य रहेको परिवारलाइ ४ लाख वोन  २ जनाको परिवारलाइ ६ लाख ३ जना सदस्य रहेको परिवारलाई ८ लाख तथा ४ जना वा सो भन्दा माथिको परिवारलाइ १० लाख वोन  सम्म आर्थिक सहायता प्रदान गर्ने छ l

कोरियामा गत जनवरी देखि फैलिएको कोरोना भाइरसका कारण हाल सम्म ९ हजार ७ सय ८६ जना संक्रमित भैसकेका छन् भने मृत्यु हुनेको संख्या १६२ पुगेको छ l त्यस्तै संक्रमण पछी निको हुनेको संख्या ५ हजार नाघेको छ l

प्रतिक्रियाहरू