कोरियाले क्वारेन्टाइन सम्बन्धि नियम नमान्ने ८ बिदेशी लाइ फिर्ता पठायो

5499

दक्षिण कोरियाले यहि अप्रिल १ तारिख देखि  जारि गरेको क्वारेन्टाइन सम्बन्धि नया नियमको अटेर गर्ने ८ जना बिदेशी नागरिकलाई इन्छन विमानस्थलबाटै फिर्ता पठाएको छ l

न्याय मन्त्रालयका अनुसार जानकारी गराउदा गराउदै पनि  सरकारले जारि गरेको सेल्फ क्वारेन्टाइन सम्बन्धि नियम अटेर गरेपछि काजकस्तान लगाएत ६ देशका नागरिकलाइ फिर्ता पठाइएको हो l

सरकारले यहि अप्रिल १ देखि लागु हुनेगरी कोरिया भित्रिने सम्पूर्ण  नागारिकलाई अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइन वा सरकारले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने नियम जारि गरेको छ l

कोरिया प्रवेश गर्दा बस्नको लागि निश्चित ठाउँ नभएका बिदेशी नागरिकले १ लाख कोरियन वोन तिरेर सरकारले तोकेको क्वारेन्टाइनमा बस्नु पर्ने छ l त्यस्तै उनीहरुको लोकेशन पत्ता लाग्ने  मोबाइल एप अनिबार्य रुपमा डाउनलोड गर्नु पर्ने छ l

प्रतिक्रियाहरू