कोरोना भाइरसले महामारीको रुप लिदापनि कोरियाले किन लकडाउन गरेन

2589

कोरियामा कोरोना भाइरसको महामारी फैलिरहेकै छ l करिब १० हजार संक्रमित भैसकेका छन् भने १६७ जनाले ज्यान गुमाइसकेका छन् l दैनिक १ सयको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन l तैपनि कोरियाले कुनैपनि देशबाट आउने आफ्ना नागरिक लगाएत विदेशीलाई समेत प्रबेशमा रोक लगाएको छैन l न त कुनै लकडाउन नै गरेको छ l कारण के होला ? कारण यो होइन कि कोरिया कोरोना भाइरस बाट डराउदैन l

उसले यस्तो प्रबिधि अपनाएको छ , जसको कारण  यसरी नियन्त्रण हुदैछ कोरोना भाइरसको प्रकोप l
१ – विमानस्थलमा उत्रिने हरेक यात्रुको कडाइका साथ स्वास्थ्य परिक्षण हुन्छ ,शंका लागेमा तुरुन्त अस्पताल पठाउछ l
२- अनिबार्य रुपमा १४ दीन  क्वारेन्टाइनको ब्याबस्था गरेको छ , नियम उल्लंघन गर्ने विदेशीलाई बिमानस्थलबाटै फिर्ता पठाउछ l स्वदेशी कारबाहीको भागीदार हुन्छन l
३ – भर्खरै कोरिया आउने विदेशीलाई सेल्फ क्वारेन्टाइनमा बस्ने ब्याबस्था नभए १ लाख कोरियन वन लिएर सरकारले तोकेको क्वारेन्टाइनमा पठाउछ l बस्ने ब्याबस्था हुनेले आफै क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ l
४- सबैभन्दा महत्वपूर्ण कुरा , कोरियाले ब्याक्तिको लोकेसन र वास्तविक समय पत्ता लगाउने मोबाइल एप निर्माण गरेको छ l जुन एप इन्छन बिमानस्थलमा उत्रिने हरेक यात्रुले  अनिबार्य रुपमा डाउनलोड गर्नु पर्दछ l ब्याक्तिले आफु सेल्फ क्वारेन्टाइनमा बस्ने स्थानको विवरण विमानस्थलमै बुझाउनु पर्छ l विमानस्थल बाट बाहिरीए पश्चात उ कहाँ छ, के गर्दै छ हरेक गरिबिधि मोबाइल एप मार्फत ट्रयाक हुदै जान्छ l यदि उसले पालना गर्नु पर्ने १४ दिने क्वारेन्टाइनको नियम भन्दा फरक गतिबिधि गरेको पाइएमा बढीमा १० देखि १५ मिनेट भित्रै उ पक्राउ पर्छ l उक्त १४ दिनको अबधिमा उसले तोकिएको नियम भन्दा अलिकति पनि फरक गतिबिधि गर्न पाउदैन l
५- उ, जहा, जुन स्थानमा रहेपनि निरन्तर सरकारी निगरानीमा रहेको हुन्छ l उसले मोबाइल एप  डिलिट गर्न पाउदैन l यदि तोकिएको नियम पालना नगरेको पाइएमा त्यस्तो ब्याक्ति १ करोड वन वा ३ बर्षको जेल सजायको भागीदार बन्नु बन्छ  l
यसबाट नेपालले पनि केहि सिकोस लकडाउनले मात्र होइन कडा नियम र प्रविधिले  भाइरस नियन्त्रण हुन् सक्छ l

प्रतिक्रियाहरू