कोरियामा कोभिड१९ सक्रमितको संख्या १० हजार नाघ्यो , पछिल्ला दिनहरुमा घट्दो क्रम

1633

दक्षिण कोरियामा कोरोना भाइरस संक्रमितको संख्या १० हजार नाघेको छ l शुक्रवार बिहान सम्मको तथ्यांकअनुसार कुल संक्रमितको संख्या १० हजार ६२ पुगेको हो l
पछिल्ला केहि दीनहहरुमा दैनिक १ सयको हाराहारीमा नयाँ संक्रमितको संख्या थपिदै गएको छ l सो संख्याअघिल्ला केहि हप्ताको तुलनामा अत्यन्तै कम हो l धेरैजसो क्वारेन्टाइनमा राखिएका मानिसहरुमा नयाँ संक्रमण देखिएकोले उक्त संख्या घटेको बताइएको छ l
शुक्रबार मात्र ८६ जना नयाँ संक्रमित थपिएको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l  त्यस्तै मृत्यु हुनेको संख्या १७४ पुगेको छ l मृत्युहुनेमा करिब ५० प्रतिशत ८० बर्ष माथिका छन् भने  अन्य पनि धेरैजसो कुनै न कुनै रोगले ग्रसित छन् l त्यस्तै ६ हजार २१ जना संक्रमण पछी निको भएर घर फर्किसकेका छन् l

कोरियामा भाइरसको केन्द्रबिन्दु मानिएको थेगुमा  संक्रमितको संख्या ६ हजार ७ सय ३४ पुगेको छ भने उत्तरी ख्यांङ्सान प्रान्तमा सो संख्या १ हजार ३ सय ९ पुगेको छ l राजधानी सियोलमा हाल सम्म ५ सय ६  जना संक्रमित भएका छन् l

प्रतिक्रियाहरू