
कोरोना भाइरसको कारण कोरियाको थेगु स्थित एक अस्पतालमा कार्यरत एक डाक्टरको मृत्यु भएको छ l शुक्रबार साम्म उनी संगै मृत्यु हुनेको संख्या १७४ पुगेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l कोरियामा कोरोना भाइरसका कारण डाक्टरको मृत्यु भएको यो पहिलो घटना हो l
६० बर्षीय ति डाक्टरको कोरोनाको पुष्टि भएपछी मार्च १९ देखि ख्याङ्बुक नेसनल युनिभर्सिटी हस्पिटल थेगुमा उपचार भैरहेको थियो l उनको शुक्रबार बिहान मृत्यु भएको बताइएको छ l उनलाई आफ्नो मेडिकलमा आएका संक्रमितकबाटै संक्रमणको आशंका गरिएको छ l
दक्षिण कोरियामा हाल सम्म कोरोना भाइरसबाट संक्रमितको संख्या १० हजार ६२ पुगेको छ l (योंघाप )
प्रतिक्रियाहरू