कोरोना नियन्त्रणमा कोरियाको प्रबिधि विश्वकै उच्च,अमेरिका पछी डब्लुएचओले पनि माग्यो सहयोग

5211

कोरोना भाइरस नियन्त्रणको लागी दक्षिण कोरियाले चालेको प्रबिधि विश्वकै अग्र स्थानमा परेको छ l भाइरसले माहामारीको रुप लिएको डेढ महिनामै सहज तरिकाले नियन्त्रण गर्न सफल दक्षिण कोरियालाई विश्व स्वास्थ्य संगठनले कोरोना विरुद्वको विश्व लडाइमा अग्रपङ्तिमा आउन अनुरोध गरेको छ l

विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस एडानोम गैब्रेससले राष्ट्रपति मुन जे इनलाई फोन सम्पर्क गर्दै  कोरोना बिरुद्वको विश्व लडाइमा दक्षिण कोरियाले नेतृत्व लिन समेत आग्रह गरेका छन् l

उनले कोरोना बिरुद्वको  लडाइमा दक्षिण कोरियाको प्रबिधि सबैले अनुशरण गर्नु पर्ने पनि बताए  l “दक्षिण कोरियाले नेतृत्व लिदा  अन्य देशले पनि उसकै सिको गर्नेछन ” l गैब्रेसस को मुख्य आसय थियो l २५ मिनेटको फोन बार्तामा उनले राष्ट्रपति मुनलाइ कोरोना नियन्त्रणमा  दक्षिण कोरियाको प्रबिधि अपनाउन विश्वलाई प्रेरित गर्न समेत अनुरोध गरेका छन् l

गैब्रेससले राष्ट्रपति मुनालाई  अफ्रिकी मुलुकहरुलाई कोरोना चेक अप किट तथा अन्य स्वास्थ्य सामाग्री प्रदान गर्ने तर्फ ध्यान दिन पनि आग्रह गरेका छन् l

यसभन्दा पहिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशलाई  कोरोना नियन्त्रणमा सहयोग गर्न  आग्रह गरेका थिए l

दक्षिण कोरियामा गत फेब्रुरीको दोस्रो हप्तातिर  महामारीको रुपमा फैलिएको  कोरोना भाइरस डेढ महिनामै नियन्त्रणमा आउन सफल भएको छ l महामारीका कारण १० हजार भन्दा बढी संक्रमित भएपनि करीव ७० प्रतिशत निको भैसकेका छन् l नयाँ संक्रमित थापिने क्रम पनि क्रमश घट्दै गैरहेको  छ l( योंघाप )

प्रतिक्रियाहरू