दक्षिण कोरियाले दोस्रो पटक पुनः ३ महिनाको भिसा थप गर्ने

8272

दक्षिण कोरियाले यहाँ रहेका बिदेशीक नागरिको भिसा पुनः तीन महिना थप गर्ने भएको छ l कोभिड-१९ का कारण स्वदेश फर्किन असम्भब भएका बिदेशी नागरिकको हकमा लागु हुने गरि सो नियम ल्याएको न्याय मन्त्रालयले बिहिबार बताएको छ l

आगामी मे ३१ सम्म कोरियामा कार्यरत ६० हजार बिदेशी नागरिकको भिसा सकिदै छ l असहज परिश्थिति लाइ मध्येनजर गर्दै दोस्रो पटक भिसा थपको कार्ययोजना ल्याएको बताइएको छ l यसभन्दा पहिला गत फेब्रुरीमा ५० दीन सम्मको भिसा थप गर्ने नियम ल्याएको थियो l हालको  नियमानुसार  फेब्रुरीमा ५० दीन भिसा थप गर्नेहरुले पनि पुनः ३ महिनाको भिसा थप्न पाउनेछन l यधपी इ -९ र इ १० को हकमा भने आफ्नो देशको अबस्था बुझाएर मात्र केहि समयको लागी भिसा थप हुनेछ l

“हामीलाइ भिसा थप गरिदिन दैनिक २५ सय अनुरोध आउने गरेका छन् ” मन्त्रालयका एक अधिकारीले बताए l
कोरियाले हाल विदेश बाट आउने सबै किसिमका भिसाहरु रद्व गरेको छ l उक्त अबधिमा कोरियामा हुने कामदारको अभावलाई भिसा अबधि थपको नीतिले पूर्ति गर्ने देखिन्छ l

भिसा थप थप गर्न चाहने विदेशीले अध्यागमनको वेबसाइट (www.hikorea.go.kr) वा फोन नम्बर 1345 मा सम्पर्क गरि थप जानकारी  लिन सक्ने बताइएको छ l यो पटक को भिसा थप भने अटोमेटिट प्रणालीमा आधारित हुनेछ  l
५० दिने भिसा थप नीति अन्तर्गत गत फेब्रुरीको अन्त्य सम्म १ लाख ३० हजार बिदेशी नागरिकले आफ्नो भिसा अबधि बढाएका थिए l

प्रतिक्रियाहरू