कोरोना बिरुद्वको लडाइमा सफल हुदै दक्षिण कोरिया ,केन्द्र बिन्दु थेगुमा नयाँ संक्रमितको संख्या सुन्य

2583

दक्षिण कोरिया कोरोना भाइरस बिरुद्व लडाइमा सफलता नजिक पुगेको छ l गत फेब्रुरी दोस्रो  साता देखि थेगु तथा उत्तरी ख्याङ्सान प्रान्तलाइ केन्द्र बिन्दु बनाउदै  भाइरसले  महामारीको  रुप लिएको लिएको थियो l महामारीको रुप लिएको ५२ दीन पछी शुक्रबार केन्द्रबिन्दु थेगुमा नया संक्रमितको संख्या सुन्य भएको छ l

२५ लाख जनसंख्या भएको देशको चौथो ठुलो  शहर थेगुको  एउटा चर्च देखि कोरोना भाइरसले महामारीको रुप लिएको थियो l उक्त शहरलाई सरकारले केहि समय लकडाउन समेत गरेको थियो l कोरोनाको कारण हाल सम्म ज्यान गुमाउने २०८ जना पुगेको छ l जस मध्ये १४२ जना थेगु बासि छन् l उक्त शहरमा गत फेब्रुरी २९ तारिख सबैभन्दा धेरै  ७ सय ४१ जना नयाँ संक्रमित पुष्टि भएको थियो l

हाल सम्म उक्त शहरमा  ६ हजार ८ सय ७ जना संक्रमित भैसकेका छन् l जसमध्ये ४५ सय जना सिन्छोन्जी चर्च संग सम्बद्व ब्याक्तिहरु रहेको कोरिया रोग नियन्त्रण केन्द्रले जनाएको छ l

कोरियामा शुक्रबार ३० जना नया संक्रमित पुष्टि भएसंगै कुल संक्रमितको संख्या १० हजार ४ सय ५० पुगेको छ l योंघाप

प्रतिक्रियाहरू