कोरियाबाट फर्केका एक नेपालीलाई कोरोना पोजिटिभ

10148

धादिङको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीमा गरिएको ‘र्‍यापिड टेस्ट’मा एकजना पुरुषमा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।

र्‍यापिड टेस्टमा पोजिटिभ नजिता देखिएका व्यक्ति दक्षिण कोरियाबाट गत फागुन २० गते घर फर्किएका थिए । उनलाइ जिल्ला अस्पताल धादिङबेसीको ‘आइसोलेसन’मा राख्ने तयारी भइरहेको छ ।

आइसोलेसनमा राखेपछि उनको थ्रोट स्वाबलाई थप परीक्षणको लागि टेकु अस्पताल पठाइने स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए ।

फागुन २० मै नेपाल आएका उनलाई चैत २/३ गते नै ज्वरो आएको बताइएको छ । ‘उनलाई परिवारलगायत छरछिमेकले क्वारेन्टिनमा जान आग्रह गरेका थिए । उनले आफू हेटौंडामै २ हप्ता बसेर आएको भनेर पन्छिएका थिए । स्थानीयहरुले गुनासो गरे पछि त्यतिबेलै स्थानीय स्वास्थ्य संयोजक सुजन श्रेष्ठलाई लिएर घरमै गएका वडाअध्यक्ष रुद्रमान श्रेष्ठलाई आफूले चर्को गर्मीमा गाईको मही पिएकोले सामान्य ज्वरो आएको भनेर सफाई दिएका थिए । वडाध्यक्ष श्रेष्ठले आफूहरुसँग त्यसबेला परिक्षण गर्ने कुनै साधन नभएकोले त्यसै फर्किएको बताएका छन् ।

ती युवक हाल परिवारका अन्य तीन सदस्यसँग घरमा बसोबास गर्दै आएका थिए । सदरमुकाममा पसल गरी बस्ने बाबुआमाहरु पनि लकडाउन पछि घरै गएका छन् ।

प्रतिक्रियाहरू