दक्षिण कोरियामा कोरोना भाइरसका कारण एक महिनामै करिब २ लाख रोजगारी गुम्यो

4412

विश्वव्यापी  रुपामा फैलिएको  कोरोना भाइरसका कारण दक्षिण कोरियाको श्रम बजारमा नराम्रो प्रभाब पर्न थालेको छ l ब्यापार व्यावसायमा आएको मन्दी संगै रोजगार गुमाउनेको संख्या बढ्न थालेको एक सरकारी तथ्यांकले देखाएको छ l
गएको मार्चमा मात्र दक्षिण कोरियामा १ लाख ९५ हजार रोजगारी  गुमेको छ  l

यसरि रोजगारी गुमाउनेको संख्या सन २००९ पछिको सबैभन्दा उच्च हो l २००९ मा २ लाख ४० हजार रोजगारी गुमेको थियो  l सर्वेक्षण अनुसार ,कोरोना भाइरसका कारण मानिसहरुको कम चहल पहल  हुन् थालेपछि   कम्पनि , तथा व्यापारिक केन्द्रहरुमा १ लाख ६८ हजार रोजगारी गुमेको छ  l  गत महिना  होटेल रेस्टुरेन्ट तथा अन्य खाध्य ब्यावसयमा  १ लाख ९ हजार रोजगारी कम भएको छ l

गत महिना कृषि तथा मत्यपालानमा  १ लाख ३४ हजार रोजगारी थप भएको थियो भने स्वाथ्य तथा सेवा क्षेत्रमा ८२ हजार थप रोजगारी सिर्जना भएको थियो l

यसरि रोजगारी गुमाउनेमा पार्ट टाइम तथा फेस टु फेस सम्पर्कमा आउने कामदारको संख्या धेरै रहेको तथ्यांकमा उल्लेख छ l

प्रतिक्रियाहरू