कोरिया बाट बिदामा गएका नेपाली फर्किने बाताबरण मिलाइदिन अनुरोध गर्दै नेपाल सरकारलाइ ज्ञापन पत्र बुझाइयो

3124

दक्षिण कोरियाबाट बिदामा नेपाल गएका नेपालीहरु पुनः कोरिया फर्किने बाताबरण मिलाइदिन अनुरोध गर्दै नेपाल सरकारलाई ज्ञापन पत्र बुझाइएको छ l विश्वव्यापी कोरोना भाइरसका कारण नेपालले पनि लामो समय देखि लकडाउन गर्दै आएको छ l देशमा लकडाउन भै अन्तर्राष्ट्रिय उडान समेत बन्द हुदा कोरिया बाट कम्पनि परिबर्तन गर्ने क्रममा  वा बिदामा गएका नेपालीहरु कम्पनीले दिएको बिदा भित्रै कर्मभूमि फर्किन नपाउदा अन्योलमा परेका छन् l

कम्पनीले  समय सिमा भित्रै कोरिया नफर्किए भिसा रद्व गरिदिने चेतावनी दिने गरेको  कतिपय नेपालीहरु बताउछन l कम्पनीले दिएको बिदा सकिएको र कोरिया फर्किने बाताबरण नभएको कारण रोजगारिनै गुम्ने हो कि भन्नेकुरामा धेरै नेपाली चिन्तित हुन थालेका छन् l “धेरै मुस्किलले कोरिया पुगियो २ बर्ष नपुग्दै बिदामा नेपाल आएको कम्पनीले तारन्तार आइज नभए भिसा रद्व गरेर अर्को मान्छे राख्छु भन्छ l यहाँबाट फर्किने बाताबरण नै छैन ” पर्वतका एक नेपालीले हेल्लो नेपाल कोरिया डटकम संगको कुराकानीमा बताए l

यसैबीच कोरियामा रहेका केहि संघ संस्था तथा ब्याबसायीहरुले कोरिया फर्कन नपाएर रोजगारी गुम्ने अबस्था आएको भन्दै सियोल स्थित नेपाली दुतावास मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन् l नेपाली सम्पर्क समिति ,दोंग्देमुन ब्यावसायी संघ , नेपाली बिधार्थी समाज ,एन आर कोरियाका संस्थापक अध्यक्ष तथा नेपाल पर्यटन बोर्डका मानार्थ दुत केपी सिटौला लगाएतले कार्यबाहक राजदुत राम सिंह थापालाई भेटि ज्ञापन पत्र बुझाएका छन् l साथै उनीहरुले  बिदामा गएका नेपालीलाई  जतिसक्दो छिटो  कोरिया फर्किने बातावरण मिलाइदिन पनि अनुरोध  समेत गरेका छन् l

“कोरिया बाट बिदामा गएका नेपालीहरुको रोजगारिनै गुम्ने अबस्था आएको छ l यो बारेमा नेपाल सरकार गम्भीर हुनु पर्दछ  ” मानार्थ दुत केपी सिटौलाले हेल्लो नेपाल कोरिया डटकमलाई भने l सिटौलाले यस अघि इन्छन काठमाडौं  सम्भावित चार्टर उडान सम्बन्धि सोध पत्र मार्फत कोरिया फर्किन चाहने नेपालीहरुको बारेमा सर्वेक्षण गरेका थिए l

प्रतिक्रियाहरू