कोरियाको ख्याङ्गी प्रान्तमा बसोबास गर्ने विदेशीले पनि सरकारी राहत पाउने

2568

कोरियाको ख्याङ्गिदो प्रान्तीय सरकारले बैबाहिक भिसा बाहक तथा स्थाई बसोबास गर्ने बिदेशी नागरिकलाई समेत सरकारी राहत  उपलब्ध गराउने भएको छ  l


गत फेब्रुरी देखि महामारीको रुपमा फैलिएको कोभिड-१९ का कारण आफ्ना नागरिकलाई दैनिक जीवनयापनमा समस्या आएको भन्दै सरकारले १ लाख कोरियान वोन राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेको थियो l उक्त राहत पाउनेमा अब  ख्याङ्गिदो प्रान्तमा स्थाई बसोबास गरिरहेका एफ -५ र एफ-६ भिसा भएका  बिदेशी नागरिक पनि पर्ने छन् l


कोरियामा ट्याक्स तिर्ने  सम्पूर्ण बिदेशी नागरिकलाई राहत दिनु पर्छ भन्दै गएको ३ हप्तामा १४ हजार हस्ताक्षर सरकारी वेबसाइट जम्मा भएको थियो l सरकारी तथ्यांकअनुसार हाल ख्याङ्गिदो प्रान्तमा ४८ हजार बैबाहिक भिसा बाहक र ६० हजार स्थाई बसोबास गर्दै आएका बिदेशी नागरिक छन् l

कोरिया टाइम्स

प्रतिक्रियाहरू