कोरियामा शक्तिशाली हावाहुरीको प्रकोप, सचेत रहन सुझाब

2447

दक्षिण कोरियामा मंगलबार देखी चलेको शक्तिशाली  हावाहुरी बुधबार पनि यथावत रहने  मौषम विभागले जनाएको छ l कोरिया मौसम विज्ञान प्रशासन (केएमए) ले बुधवार देशको अधिकांश भागहरूमा शक्तिशाली हावा हुरी चल्ने बताउदै   उच्च  सचेतना जारी गरेको छ।

उत्तर-पूर्वी प्रान्त खाङ्गवनका केही भागमा आज बिहान ८ बजे शक्तिशाली हावाहुरी चलेको छ । राजधानी सियोल  आसपासका क्षेत्र  लगायत देशका अधिकांस ठाउँहरुमा शक्तिशाली वेगमा बतास चल्ने भएकोले शतर्कता अपनाउन आग्रह गरिएको छ  l बिसेषगरि  समुद्री तटहरुमा  बुधवार राती सम्म तीव्र हावा चल्ने जनाईएको छ भने दक्षिणी टापु जेजुमा सबैभन्दा शक्तिशाली हावाहुरी आउने सम्भावना रहेसंगै उच्च शतर्कता सुचीमा राखिएको छ l

राजधानी सियोल ,इन्छन , ख्यङ्गिदो, खाङ्वन्दो आदि क्षेत्रमा बुधबार साँझ सम्म हुरीको प्रबाब रहने छ l त्यसैगरी आगामी सनिवार पनि हावाहुरीको प्रकोप उच्च रहने हुदा सतर्कता अपनाउन सुझाब दिइएको छ l

प्रतिक्रियाहरू