कोरियामा औधोगिक उत्पादन घट्यो , ठुला कम्पनिहरु द्वारा ब्यापक रोजगार कटौती

3712

विश्वव्यापी रुपामा फैलिएको  कोरोना भाइरसका कारण कोरियाका कम्पनीहरुबाट उत्पादित सामानको निर्यातमा कमि आएको छ l

ब्याक्तिगत प्रयोग तथा बैदेशिक निर्यातमा कमि आएसंगै औधोगिक उत्पादन गत मार्चमा  ४.४ प्रतिशतले  घटेको एक सरकारी तथ्यांकले देखाएको छ l  उक्त तथ्यांकअनुसार कोरियामा कम्पनि उत्पादन सन् दुइ हजार देखि यताकै सबैभन्दा कम हो l यसरि  उत्पादन कमि आउनुमा  कोभिड-१९ का कारण ब्यावासायिक विश्वासनियता (business confidence) भनिएको छ l

बिसेष गरि सर्भिस कम्पनिहरुमा व्यावसायिक ह्रास अतिनै बढेको तथ्यांक छ l सामाजिक दुरीका कारण पर्यटकीय तथा मनोरन्जनात्मक व्यावसायहरुमा अतिनै मन्दी छाएको बताइएको छ l

यसैबीच ५ सय भन्दा बढी ठुला  व्यावसायिक  कम्पनीहरुले २ माहिनाको अबधिमा १० हजार भन्दा धेरै रोजगार कटौती गरेका छन् l यसको मुख्य कारण निर्यात भन्दा उत्पादन  बढी देखाइएको छ l फोटो योंहाप न्युज एजेन्सी

प्रतिक्रियाहरू