दक्षिण कोरियाको इछन शहरमा रहेको एक निर्माणस्थलमा आगलागी हुदा ३८जना कामदारको मृत्यु भएको छ l बुधबार दिउसो भएको उक्त आगलागीमा परि १० जना घाइते भएको अग्नि नियन्त्रण विभागलाइ उदृत गर्दै कोरिया टाइम्सले जनाएको छ l
उक्त आगलागी बाट हताहत हुनेमा बिदेशी कामदार समेत भएपनि कुन देशका कति जना भन्ने खुलाइएको छैनl
अन्डरग्राउन्डमा विधुतीय काम भैरहेको अबस्थामा एक्कासी आगो लागेको हुनसक्ने अनुमान गरिएको छ l यद्यपी आगालगीको मुख्य कारण भने खुलेको छैन l ३३५ वटा अग्नि नियन्त्रकले ५ घन्टामा आगो नियन्त्रणमा लिएका थिए l
आगलागीबाट ठुलो मानवीय क्षति भएपछी रास्ट्रपति मुन जे इनले आपतकालीन बैठक राखी तत्काल राहत र उद्वारको लागी सम्बन्धित मन्त्रालयलाई निदेशन दिएका छन् l आगलागीबाट घाइते तथा मृत्यु भएका बिदेशी कामदारका परिवार संग सम्पर्क गर्न पनि निदेशन गरेका छन् l
प्रतिक्रियाहरू