किनार बस्तीको मजदुर दिवस

1138

यो कुनै उतराधुनिक समयको घट्ना होइन, न त कुनै ग्रन्थ वा त्यस्तै कुनै मुद्रित पुस्तकमा सुन्दै आएको कुनै लोकको चोला-चोलाको बिरक्ति हो जसले पाठक वर्गमा उनीहरुप्रति सहानुभूति राख्न सफल होउन् । बरु,  यो त मैले बेलाबखत कल्पनिक सौराहट गर्दै आएको  किनार बस्तीको कहानि हो जुन आज मैले सुनाउन मन पराए, जसमा न शुरुवातमा सहानुभूतिको अपरिहार्यता छ, न अन्त्यतिर तालिको गुन्जाहट नै।

त्यस गाउँमा,  एउटा किनार बस्ती थियो । त्यहाँ सबै कर्मकर, कजिया, श्रमजीवि मजदुरहरु बस्दथे । त्यस बस्तीका सबै बासिन्दाहरु दिनले उषाको उज्यालो नपाई झिसमिसैमा लामो यात्रामा निस्कन्थे । ती श्रमजीवि मजदुरहरुको हतासपुर्ण यात्रा साँच्चै  कर्कशिलो देखिन्थ्यो । नानी च्यापेर द्रुत गतिमा हतासिएका महिला पछिपछि देखिन्थे, अलि अघि हिस्टपुष्ट पुरुषहरु देखिन्थे । आवाल, बृद्भ, नरनारी, पति सबै-सबै त्यतैतिर होमिन्थे । मानौँ, उनीहरुले आफुलाई त्यतैतिर आत्मोसर्ग गरेका छन् ।
उनीहरुले आफ्नो नित्यकर्म पनि गन्तव्यमा पुगेर गर्थे । कोहिकोहि किनारतिर टुसुक्क बसेका पनि देखिन्थे ।

हो, उनीहरुमध्ये ‘को पहिलो’ कार्यक्षेत्रमा पुग्ने भनेर होडबाजि चल्दथ्यो । उनीहरुमा कसैप्रति दुस्मनि त थिएन तर इर्ष्या, डाहा आदिको कदम्ब बढेर निकै कराल अवस्थामा पुगेको थियो । तर, बिस्तारै बिस्तारै उनीहरुले यो बुझे कि, यो त सबै हाम्रो ताकछोपुवा अनुकरणात्मक प्रवृत्ति पो रहेछ । अनि, यसले त हामीलाई कष्ट दिएर मालिकलाई फाइदा गर्दो रहेछ ।  कार्यस्थलमा यस्तो नियम बसालिएको थियोः “कार्यस्थलमा हरेक दिन जो पहिलो हुन्छ उसको मासिक तखता बृद्दि हुनेछ ।”  उनीहरु आफ्नो मिठो निन्द्रालाई त्याग्न त्यसरी नै विवश थिए । समय समयमा उनीहरु यस बिषयमा छलफल पनि गर्थे तर निष्कर्षलाई कसैले पनि पछ्याउँदैनथे । बिहान उनीहरुको चाला त्यहि हुन्थ्यो । दौडादौड, उछिनपाछिन, ठेलाठेल, निकै बिरक्तिएको दृष्य हुन्थ्यो त्यो । करुणादायक र चखतित् !

त्यस बस्तीमा एक घागडान (सिपालु) बृद्भ पुरुष पनि थिए उनको सम्बन्ध अन्य बस्तीतिर पनि थियो । उनले  बिस्तारै यो कुरा थाहा पाए,  विश्वका श्रमजीवी जनता/श्रमिकहरुले एकदिन श्रमिक दिवस मनाउँछन् । उक्त दिन उनीहरु काममा जाँदैनन् । मे महिनाको पहिलो दिन हुनेछ त्यो । उक्त दिन उनीहरुले जिन्दगीमा एकदिन आराम गर्नेछन्, श्रमिकहरुका गीत गाउँनेछन्, रमाउँनेछन । त्यस किनार बस्तीमा पनि यो कुरा यत्र तत्र सर्वत्र फैलियो । किनार बस्तीका सबैले त्यस दिनको कल्पनामा उत्साहप्रद खुशी आफ्नो अनुहार र व्यवहारमा झल्काए । त्यो सामुहिक खुशी भएतापनि एकअर्काको रिसको कारणले उनीहरु त्यति बिध्न मिलेर सार्वजनिक खुशी मनाएका थिएनन् । तर जब दिन आयो उनीहरुमा अझै विश्वास थिएन् कि एकदिन उनीहरुले खुशी मनाउँनेछन् । ती बृद्भ पुरुषले गाउँमा सबैलाई जानकारी गराए । उनले यो पनि भने, “त्यस दिन हामी एउटा छलफल पनि गर्नेछौँ जुन हामीजस्ता आम श्रमजीवि मजदुरहरुका लागि हितकर हुनेछ ।”

त्यस दिन डराईडराई किनार बस्तीको पुच्छरमा सबै भेला भए । घागडान बुढाको कुरा सुनेर सबै एकत्रित भए । गाउँका सबै श्रमिकहरुले यहि निर्णय गरे, हामी एकजुट हुनुको विकल्प रहेनछ । सबै मजदुरहरु एकजुट हौँ । आफ्सेआप नारा गुन्जियो- मजदुर एकता जिन्दबाद । त्यस दिन पश्चात उनीहरु सबै जना समुहमा जान थाले । त्यस किनार बस्तीका श्रमिकहरुमा आपसी प्रेम, सदभाव्, भाईचारा र एकता जीवित भयो । फलस्वरुप एउटा शोषणको अन्त्य भयो ।

प्रतिक्रियाहरू