मे १२ तारिक चार्टर्ड विमान कोरिया उड्दै

2464

मे १२ तारिकका दिन चार्टर्ड विमान दक्षिण कोरिया जाने भएको छ । पहिलो पटक २६० जना नेपालीहरु बोकेर नेपाल एयरलाईन्स कोरिया जाने भएको हो ।

गैर आवसिय नेपाली संघ कोरियाले एक सूचना जारी गर्दै चार्टर्ड विमान आउँदो मे १२ तरिक बेलुका ५ बजे कोरिया जाने जानकारी गराएको हो । एनआरएनए कोरियाले कोरिया जानका लागि रकम भुक्तान गरेका तर फारम नभरेका सबैजाई सिघ्र फारम पर्न पनि आग्रह गरेको छ । एनआरएनए कोरिया द्वारा व्यवस्थापन गरिएको चार्टर्ड विमान आउदो मे १२ तरिक बेलुका ५ बजेको लागि निर्धारण गरिएको सुचनामा उल्लृेख गरिएको छ ।

कोरोना महामारीका कारण नेपाल सरकारले लागू गरेको बन्दाबन्दी र अन्तर्राष्ट्रिय उडान प्रतिबन्धका कारणले नेपालमा रोकिएका कोरियामा काम गर्ने नेपालीलाई कोरिया फिर्ताको लागि एनआरएनए कोरियाले पहल गरेको हो । यससँगै अन्य उडानहरु पनि तय गरिने एनआरएन कोरियाका एक सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रियाहरू