दक्षिण कोरियाको जेल बाट नेपालीको चित्कार , हामी अपराधि होइनौ देश फर्काउ

1809

दक्षिण कोरियामा अबैधानिक रुपमा बसेको  कारण पक्राउ परि बिदेशी हिरासत गृहमा रहेका नेपालीले आफुलाई स्वदेश फर्किन बाटो खोलिदिनु पर्ने भन्दै हारगुहार गरेका छन् l

“भिसा नभएको कारण प्रहरीले पक्राउ गरेर हिरास गृहमा राखेको पनि डेढ महिना हुन लाग्यो , अपराधि जस्तै बसिरहेका छौ l न बाहिर निस्किन पाउछौ न स्वदेश फर्किन पाउछौ ” बिगत डेड महिना देखि कोरियाको ह्वासंग स्थित बिदेशी हिरासत गृहमा रहेका एक नेपालीले हेल्लो नेपाल कोरिया डट कम संगको कुराकानीमा आफ्नो गुनासो पोखे l

उनका अनुसार हाल उक्त हिरासत गृहमा ६ देखि ८ जना नेपाली छन् l सबैसंग भेट गर्न नपाइने हुनाले पूर्ण संख्या भने आफुलाई पनि यकिन नभएको बताए lउनि संगै बस्ने इलामका एक  नेपाली बिगत ५ महिना देखि उक्त जेलमा बस्दै आएको उनको भनाइ थियो l

” हिरासतमा जे  जति नेपाली संग भेट भयो  सबै को अबस्था उस्तै छ , बिना अपराध लामो समय देखि बन्दि भै बस्दा निकै नै मानसिक तनावमा परियो  सबै  जनाको चाहना नेपाल सरकारले उद्वार गर्दियोस भन्ने छ ” उनले भने

कोरियामा बिना भिसा बसेका बिदेशी कामदारहरुलाई यहाको अध्यागम प्रहरीले पक्राउ गरिहाले  केहि दीन बिदेशी हिरासत गृहमा राखी स्वदेश फर्काउने गर्दछ l

यसरि पक्राउ परेकाहरु स्वदेश फर्किने कागजात तथा प्लेन टिकट नमिल्दा सम्म केहि दीन मात्र हिरासत गृहमा बस्नु  पर्ने हुन्छ l  भिसा नभएकै  कारण उनिहारुलाई त्यस्तो आपाराधिक मुद्वा चलाइदैन l तर उनीहरु हाल नेपाल सरकाले गरेको लकडाउनका कारण महिनौ देखि कोरियाको बन्दि गृहमा अपराधि जस्तै बस्न बाध्य छन् l

प्रतिक्रियाहरू