बैगुनि साॅढे (लघुकथा)

2805

क्रस अरे हुन्थ्यो कि भनेर लोक्कललाई बिकासे भैसिं बनाए।भसक्कै दुध देला,कुॅडो पानी उहि,दुधको फ्याट बडला बेचेर आम्दानी बढला ,गरिबीबाट मुक्ति देला,परिबारका अनुहारमा संबृधिको चमक आउला,दिन फेरियलान भन्ने किसानको ठुलो ईरादा थियो।
हावापानी नमिलेर होला ?हुर्कन बढन समय लायो।पाडि अवस्थामानै उ आक्रमक,पछिल्लो आङ फुकेको,सिङ घुमेको,थुन पनि सर्लक्कैका थिए।गाॅउलेहरु अरु भन्दा बेग्लै ढाॅचा देखेर खानि भईस भनेर किसानलाई मख्ख पार्थे।

जोश जाॅगरले गरेको अथक परिश्रमले पुर्णता पायो।भैसिं दुई तिहाईले मात्रै मोटाएन। ठुलो फाॅचो देखाउॅदै ब्यायो ।नॅया जातको चुलबुले पाडि जन्माउॅदा किसान मात्रै नभएर सारा गाॅउनै खुसि भए।वल्ला पल्ला गाॅउमा पनि फलानाको भैसि ब्यायो भन्ने हल्ला मच्चियो।केहि नाफा दिए बेच्ला कि भनेर साहुहरुले दफना हेर्न समेत भ्याए।घाॅस निखर्ने र जाडो पलाउने बेला भएकोले भैसिको स्याहारसुसारमा किसानले कुनै कसर बाॅकि राखेनन।
किसानले पुल्पुलाएर दुई तिहाईले मोटाएको भैसिं सुविधाभोगी भयो।ओभानो भकारो चाहिने,मिठो खानी नमिठो फालिदिने,कुॅडो खाॅदा। ताउलो उफार्नी,किलो दाम्लो चुॅडालेर बुर्कुसी मार्नि,दुध दुहिनी बेलामा लात्ताले हान्नी,उफ्रनी,राता ॲाखा बनाएर नार थाप्नि,स्वाॅ स्वाॅ र फ्वाॅ फ्वाॅ उहि किसानलाई मार्न पो तम्सिन थाल्यो।

कल्चौडो मात्रै ठुलो दुध नदिनी,एकैछिन पौरन्छ अनि काटिहाल्छ।खान फेरी भैसिको राजा हुॅकि झैं गरेर मिठो पोषिलो चाईने गर्न थाल्यो।फुस्किएर बुर्कुसि मार्दा घरका डाॅडा भाटा समेत उधिनेर पानी चुहिने बनाईदिएको थियो।भन्न नहुनी,बेथा सारो,भैसिं मोटाएर डङगुर मान्छे गलेर टङगुर भयो।किसानका सारा सपना ॲधेरीखोलाले बगायो।

एति हन्डर खाॅदापनि किसान अरुका मुखिन्जेल बैगुन लुकाउन चाहान्थ्यो।मुडकी उचालेर भन्थ्यो।मेरो भैसि असल छ।कारण के थियो भने सारा बैगुन समाजले थाहा पाए भने कौडीको भाउमा पनि नबिक्ने डरले किसानलाई सताईरहन्थ्यो।

गरिविबाट मुक्ति पाउने सपना साॅचेको भैसिको ब्योहोराले किसानको पुर्पुरो तातेको छ।कहिलेकाॅहि त घ्याम्पे भिरमा लगेर लडाईदिउॅकि झैं लाग्थ्यो।मोटो छ कटाईकै भाउमा बेचेपनि गर्जो टर्ला भन्ने सोचाई आउॅथ्यो।कहिले पुरानो रैथानेलाई झुसे बिदेसि बिकासे राॅगोको बिउ लगाउनु माहाभुल भएको याद ॲाउछ।भैसिं बैगुनी भएको गाॅउमा गाॅईगुॅई हल्ला चल्यो।जोरीपारी कुल्किने भए।कतिको मुख थुनेर साध्य हुन्छ।किसानले मनमनै भन्छन।दुखि:किसानले संबृध्द गेडारीको लौरोले हान्दै भने।बैगुनि साॅढे!

प्रतिक्रियाहरू