अप्रिल महिना यता ईथेवनका क्लबहरुमा जाने हरुलाई स्वस्थ्य केन्द्रमा गएर परिक्षण गर्न समेत सुझाइएको छ।बहुराष्ट्रिय सांस्कृतीक केन्द्रको रुपमा परिचित ईथेवन बिदेसि पर्यटक तथा कोरियन हरुको समेत उलेख्य जमघट हुने गर्दछ।त्यहाका बारहरुमा उपस्थितहरुको भाइरस परिक्षण शुरुगरे पछि हालसम्म ५४ जना संक्रमितहरु फेला परेका छन।जसमघ्य केहि क्लबमा उपस्थित भएकाहरुका आफन्त तथा परिवारको सदस्स्य हुन।दक्षिणकोरियाले जनवरीमा पहिलो पटक भाइरसको संक्रमित देखे संगै ब्यापक सतर्कता अपनाएपनि फेब्रवरि ,तथा मार्चमा थेगु सिन्छोन्जी चर्चमा फैलिएको महामारिको कारण भाइरस नियन्त्रण गर्न यथस्ट उपाय ॲपनाएर बिदेसबाट आउने हरुमा केहिमा संक्रमण देखिए बाहेक सामुदायमा भाइरस संक्रमणको खासै घटना नभएको र मे महिनाको पहिलो सातासम्म लगभग सुन्यको स्थितीमा पुर्याएको थियो ।
भाइरस नियन्त्रण भएको घोषणा गर्दै केहि सामाजीक दुरिहरुलाइ कायम राख्दै बिधालय , कलेज धार्मिक समुदायका गतिबिधि , खेलकुद गतिबिधिहरु गर्न दिने घोषणा गरेको केहि दिन नबित्दै पुन संक्रमणका घटना भएको हो ।दक्षिण कोरियामा हाल सम्म १०८७४ जना कोरोना भाइरसबाट संक्रमित भएका छन भने ९६१० जना निको भएर घर फर्केका छन भने २५६ जनाको मृत्यु भएको छ।