दक्षिण कोरियामा अबैधानिक बस्ने बिदेशीलाइ समेत कोरोना परिक्षण निशुल्क

1066

दक्षिण कोरिया सरकारले  अबैधानिक रुपमा बसोबास गर्ने विदेशी नागरिकलाई कोरोना लागेको शंका लागेमा निशुल्क परिक्षणको सुबिधा दिने भएको छ l कोरोना परिक्षण गर्ने क्रममा उक्त नागरिकले कुनै पनि भिसा सम्बन्धि परिचय दिनु पर्ने छैन l अबैधानिक भएतापनि हाललाई पक्राउ गर्ने वा स्वदेश फर्काउने कुनै पनि कार्य नहुने  बताएको छ l

स्वास्थ्य कल्याण मन्त्रालयले एक सुचाना जारि गर्दै कोरियामा अबैधानिक तवरले बसोबास गर्ने विदेशी नागरिकलाई कोरोना लागेको शंका लागेमा नजिकको स्वास्थ्य संस्थामा  सम्पर्क गर्न अनुरोध गरेको छ।

उक्त सुचाना मोबाइल नेटवर्क मार्फत मेसेजको रुपमा अधिकतम नागरिक समक्ष पुर्याएको छ l

प्रतिक्रियाहरू