दक्षिण कोरियामा १०४ बर्षिया बृद्वाले जितिन कोरोना भाइरसलाइ

1015

दक्षिण कोरियामा १०४ बर्षिया बृद्वा कोरोना भाइरस बाट पूर्णरुपमा निको भै घर फर्किएकी छन् l छि साङ-बुन नाम गरेकी ति बृद्व महिलामा  गत मार्च १० तारिख कोरोना भाइरस पोजेटिभ देखिएको थियो l

पोहान मेडिकल सेन्टरको सघन कक्षमा २ महिनाको उपचार पश्चात शुक्रबार उनि अस्पताल बाट डिस्चार्ज भएकी छन् l उनि कोरियामा कोरोना भाइरस निको हुने सबैभन्दा बढी उमेरकी हुन् l

उनलाई ख्यांगसानको एक नर्सीङ् होमले कोरोना भाइरस संक्रमण पुष्टि गरेको थियो l उनलाई भेन्टिलेटरमा राखेर  उपचार गरिएको थियो l  पटक पटकको जांचमा नेगेटिभ देखिएपछी उनलाई शुक्रबार डिस्चार्ज गरिएको अस्पतालले बताएको छ l योंहाप

प्रतिक्रियाहरू