कोरियाबाट २० प्रतिशत भन्दा बढी निर्यात घट्यो , बेरोजगारी थप बढ्ने सम्भावना

762

दक्षिण कोरियामा उत्पादित सामानको निर्यात  क्रमिक रुपमा घट्दै गैरहेको एक सरकारी तथ्यांकले देखाएको छ l मे महिनाको २० तारिख सम्मको आंकडा अनुसार  निर्यातमा  २०.३  प्रतिशतले कमि आएको छ l उक्त तथ्यांक  गत बर्षको यहि अबधि संग तुलना गरिएको छ l

मे २० तारिखको अवधिलाई तुलना गर्दा गत बर्षको निर्यात मुल्य २५.५ बिलियन डलर थियो भने यो बर्ष २०.३ बिलियन डलर मात्र रहेको छ l

मेमोरी चिप्सको निर्यातमा १३.४ प्रतिशतले बढेपनि , गाडीका पार्टपुर्जामा ५८.६ प्रतिशत गिरावट आएको छ l निर्यात सबैभन्दा बढी अमेरिकामा २७.९ प्रतिशतले घटेको छ भने दोस्रो चीनको लागी १.७ प्रतिशतले घटेको छ l यो बर्ष मात्र  पार्टपुर्जा निर्यातमा  ९.५ प्रतिशत गिरावट आउने बताएको छ  l

दक्षिण कोरियामा हाल २० लाख भन्दा धेरै युवा बेरोजगार भैसकेका छन् l यसरि लगातार रुपमा निर्यात घट्दै जानेहो भने बेरोजगारी दर तिब्र रुपमा बढ्ने सम्भावना देखिन्छ l योंघाप

प्रतिक्रियाहरू