छिमेकी हो साथ दिन्छ

874

छिमेकी हो साथ दिन्छ,
कहिलेकाही दुख पर्दा हासी हासी बसिदैन,
आगन छेउकै सीमा सर्दा ।
बनजंगल खोलानाला,जहिले किन उसकै दाबी?
जबाफ मागौ यतीबेलै,
लुट्न सक्छ ढिला गर्दा।
सिमा सन्घि जेजति छन् ,
जुटाउ अब सबै मिली,
प्रमाण सहित बोल्नु पर्छ ,
उस्को बोली भैमा झर्दा।
सानो ठुलो भुगोल हो,
स्वाभिमान त समान हुन्छ,
कास्मिरमा तिमि दुखेउ ,
हामी दुख्छौ लिपु हर्दा।
हासी हासी बसिदैन ,
आगन छैउकै सिमा सर्दा!

भैमा= भुईमा हर्दा=गुमाउनु हरण हुनु

प्रतिक्रियाहरू