कोरियामा फेरी देखिन थाले नयाँ सङ्क्रमित

3184

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा अहिले फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने आइतवार थप २५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्ट लगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ ।दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १९० जना सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ । पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन् ।

पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ । दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ ।

प्रतिक्रियाहरू