कोरियामा सेल्फ क्वारेन्टिनको नियम नमान्ने एक ब्याक्तिले पाए ४ महिनाको जेल सजाय

746

दक्षिण कोरियामा सेल्फ क्वारेन्टिनको नियम नमान्ने एक ब्याक्तिले   ४ महिनाको जेल सजाय पाएका छन्  l कोरोना भाइरसले महामारीको रुप लिन थालेपछि सरकारले विदेश बाट फर्किने नागरिक  , उपचार पश्चात निको हुने तथा  नयाँ संक्रमित संग सम्पर्कमा आएका ब्याक्तिलाई अनिबार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने  प्राबधान जारि  गरेको छ l

सोहि  प्राबधान अनुरुप क्वारेन्टिनको नियम नमान्ने किम थरका  एक व्यक्तिलाई चार महिनाको जेल सजाय सुनाइएको छ । कोरियाली संचार माध्यमका अनुसार कोरोना संक्रमण सुरु भए यता नियम नमान्नेलाई जेल पठाइएको यो पहिलो घटना हो ।

२७ बर्षिय उक्त कोरियाली नागरिकलाई सरकारले अनिवार्य १४ दिने क्वारेन्टाइनमा पठाएको थियो । उनी सेन्ट मेरि अस्पतालबाट संक्रमणको  उपचार पश्चात सेल्फ आइसोलेशनमा बस्नु थियो l तर नियम विपरित उनले पटक पटक मार्ट , साउना तथा पार्कहरु घुम्ने गरेका थिए l पहिलो चेतावनीका बाबजुत पनि  नियम उल्लङ्घन गरेपछि  अदालतले उनलाई ४ महिनाको जेल सजाय सुनाएको हो l

कोरियामा उनी सँगै  ६८ बर्षीय एक अर्का व्यक्तिलाइ पनि  पनि सोहि प्रकृतिको नियम उल्लङ्घन गरेको आरोपमा  जुन १६ तारिखमा अदालत उपस्थित गराइदै छ ।उनलाई ६ महिनाको जेल सजाय हुनसक्ने बताइएको छ l

प्रतिक्रियाहरू