कोरियाको औधोगिक उत्पादन १२ बर्ष यताकै कम , साना तथा मझौला कम्पनीहरु संकटमा

2059

दक्षिण कोरियाको औधोगिक उत्पादन १२ बर्ष यताकै कम भएको छ l विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यावसायिक विश्वासमा कमि आएपछि उत्पादन घट्न थालेको  हो l

बिश्वब्यापी आर्थिक मन्दी संगै औधोगिक व्यावसाय आगामी महिना थप घट्ने बैंक अफ कोरियाले बुघबार प्रकाशित गरेको तथ्यांकमा उल्लेख छ l

व्यावसायिक सूचांक अनुसार आगामी महिना औधोगिक उत्पादन सन् २००९ यताकै सबैभन्दा कम हुनेछ lबैंक अफ कोरियाले मे १२ देखि १९ सम्म ३ हजार ६ सय ९६ कम्पनीहरुमा अध्यन गरि उक्त तथ्यांक सार्बजनिक गरेको हो l

 

कोरियामा गत जनवरी २० तारिख देखि देखा परेको कोरोना भाइरसका कारण फेब्रुरी देखिने क्रमस औधोगिक उत्पादनमा कमि  हुदै आएको छ  l

तथ्यांकअनुसार मेडिकल सामानको  उत्पादन तथा बिक्रि वितरणमा केहि आशा देखिएतापनि परम्परागत मेरुदण्डको रुपमा रहेका अटोमोबाइल तथा क्यामिकल कम्पनीहरुको उत्पादन थप घट्ने छ l

 

त्यस्तै साना तथा मझौला कम्पनीहरुको उत्पादन आगामी जुनमा ४ अंकले घट्ने छ lसाथै यस्ता   कम्पनीहरुको उत्पादन सन् २००३ यताकै सबैभन्दा कम्जोर हुने बैंक अफ कोरियाले जनाएको छ l औधोगिक उत्पादन तथा निर्यातमा कमि आएसंगै साना तथा मझौला कम्पनीहरु संकटमा पर्ने देखिन्छ l

यद्यपी गैर्ह उत्पादनमुलक कम्पनीहरु भने आगामी जुनमा  ५० अंक देखि बढेर ५६ पुग्ने बताइएको छ l

प्रतिक्रियाहरू